कर्मचारीलाई चेतावनी दिँदै गृहमन्त्रीको ‘गुडमर्निङ’!

cp new add
Nisharg hospital
Dhangadhi

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले शनिबार बिहान राष्ट्रसेवक कर्मचारीहरूलाई राजनीतिक दलको झोला नबोक्न र नेताको चाकडी नगर्न कडा चेतावनी दिएका छन्।

शनिबार बिहान फेसबुकमा लेख्दै उनले सरकार गठन भएदेखि नै कर्मचारीको काम दलको झोला बोक्ने वा नेताको चाकडी गर्ने नभई देश र जनताको सेवा गर्ने हो भनेर स्पष्ट पारिँदै आएको उल्लेख गरेका छन्। नेता र कर्मचारी दुवैको साझा उद्देश्य देशप्रति समर्पित भएर जनताको सेवा गर्नु हुनुपर्नेमा उनले जोड दिएका छन्।

कर्मचारी प्रशासनलाई लक्षित गर्दै उनले लेखेका छन्, ‘यति कुरा पटक-पटक स्पष्ट पारिसक्दा पनि कसैले अझै दलको झोला बोकेर राजनीति गर्न पाइन्छ भन्ने भ्रम पालेको छ भने त्यो भ्रम आजै त्यागे हुन्छ।’ दीय जिम्मेवारी बिर्सेर जनताको कामभन्दा नेताको चाकडीलाई प्राथमिकता दिने जोकोहीमाथि कानुनबमोजिम कडा कारबाही हुने र यसमा कुनै सम्झौता नहुने चेतावनीसमेत उनले दिएका छन्।

सरकारलाई कसैको चाकडी गर्ने कर्मचारी नभई जनताको दुःख बुझ्ने, कर्तव्य निभाउने र देशप्रति इमानदार राष्ट्रसेवक चाहिएको गृहमन्त्री गुरुङको भनाइ छ।

‘गुड मर्निङ’ स्टाटसको विगत र सन्दर्भ
गृहमन्त्री गुरुङको बिहानीपख आउने ‘गुड मर्निङ’ स्टाटस विगतदेखि नै राजनीतिक र सामाजिक वृत्तमा विशेष चासोको विषय बन्ने गरेको छ।गत चैतमा पहिलोपटक गृहमन्त्री बनेलगत्तै उनले बिहानै फेसबुकमा ‘गुड मर्निङ’ वा ‘गुड मर्निङ नेपाल’ लेख्ने र लगत्तै प्रहरीबाट उच्चपदस्थ व्यक्तिहरूको पक्राउ तथा कारबाहीका घटना हुने शृङ्खला चलेको थियो।

त्यतिबेला पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक तथा काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाललगायतको पक्राउ र छानबिनका क्रममा गुरुङका ‘गुड मर्निङ’ पोस्टहरू निकै भाइरल भएका थिए। बिहानै उनको त्यस्तो स्टाटस देख्नासाथ सरकार वा प्रहरीले कुनै विशेष ‘एक्सन’ लिँदैछ कि भन्ने चर्चा र कौतूहल सामाजिक सञ्जालमा चल्ने गरेको थियो।

उक्त शैलीप्रति सार्वजनिक वृत्तमा मिश्रित प्रतिक्रिया आएको थियो। समर्थकहरूले यसलाई सुशासन र भ्रष्टाचारविरुद्धको आक्रामक कदमका रूपमा प्रशंसा गरेका थिए भने आलोचकहरूले पदीय मर्यादा र अनुसन्धानको गोपनीयताविपरीत ‘सस्तो लोकप्रियता’ खोजेको भन्दै आलोचना गरेका थिए।

पछि वैशाखमा बिचौलिया दीपक भट्टसँगको व्यापारिक सम्बन्ध र जग्गा विवादका कारण राजीनामा दिएर छानबिनपश्चात् जेठ २६ मा पुनः गृह मन्त्रालयको जिम्मेवारीमा फर्किएयता गुरुङले त्यस्ता साङ्केतिक ‘गुड मर्निङ’ र ‘काउन्टडाउन’ पोस्ट लेख्न छाडेका छन्।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...