

बैतडीको पाटन नगरपालिका–६ मेल्तडामा बसबाट झर्ने क्रममा लडेर एक वृद्ध गम्भीर घाइते भएका छन् ।
आइतबार बिहान करिब १०ः३० बजे मेलौलीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको म १ ख ९१९ नम्बरको बसबाट झर्ने क्रममा स्थानीय ७० वर्षीय महेन्द्र चन्द लडेर गम्भीर घाइते भएका हुन् ।
उनको बायाँ खुट्टा र छातीमा भित्री चोट लागेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।
स्थानीयले अटोमार्फत उनलाई डिएस पोलिक्लिनिक मेडिकल पाटन पुर्याएका थिए । त्यहाँबाट प्राथमिक स्वास्थ्य केन्द्र पाटन हुँदै थप उपचारका लागि जिल्ला अस्पताल बैतडी लगिएको प्रहरीले जनाएको छ ।
घटनापछि प्रहरीले बस र चालक मेलौली नगरपालिका–९ का ४८ वर्षीय अशोक चन्दलाई नियन्त्रणमा लिएको छ ।

