मल अभाव र धान खरिदमा किसान मारमा परेको भन्दै कांग्रेस कैलालीद्वारा सरकारको ध्यानाकर्षण

cp new add
Nisharg hospital
Dhangadhi

खेतीपातीको समयमा रासायनिक मल अभाव र धान खरिदमा किसानले उचित मूल्य नपाएको भन्दै नेपाली कांग्रेस कैलालीले सरकारको ध्यानाकर्षण गराएको छ।

पत्रकार सम्मेलनमार्फत कांग्रेस कैलालीले गहुँ तथा तोरीबाली लगाउने समयमा किसानले सहज रूपमा मल नपाएको र सरकारले तोकेको मूल्यअनुसार धान बिक्री गर्नसमेत नपाएको भन्दै तत्काल समस्या समाधान गर्न माग गरेको हो।

कांग्रेस कैलालीका कार्यवाहक सभापति भीम बडुवालले खेतीपातीको मुख्य समयमा मल अभाव हुन नदिन पर्याप्त आपूर्ति र प्रभावकारी वितरणको व्यवस्था गर्न सरकारसँग माग गरे।

उनले कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङमार्फत मलको आपूर्ति, भण्डारण तथा वितरण व्यवस्थित बनाउनुपर्ने र मलमा हुने कालोबजारी, अनियमितता तथा मूल्यवृद्धि नियन्त्रण गर्न नियमित अनुगमन गर्नुपर्ने बताए।

त्यस्तै, स्थानीय तह, सहकारी र कृषि सेवा केन्द्रसँग समन्वय गरी किसानको आवश्यकता तथा खेतीयोग्य जमिनका आधारमा मल वितरण गर्नुपर्ने उनको भनाइ थियो।

धान खरिदमा पनि किसानले सरकारले तोकेको मूल्य पाउन नसकेको बडुवालले बताए। सरकारले न्यून परिमाणमा मात्रै धान खरिद गर्ने निर्णय गर्दा किसान सस्तो मूल्यमा व्यापारीलाई धान बेच्न बाध्य भएको र बिचौलियाको मारमा परेको उनले उल्लेख गरे।

कांग्रेस कैलालीले कृषि अनुदानको दायरा विस्तार गर्न, आवश्यक मलको पर्याप्त आपूर्ति सुनिश्चित गर्न तथा सरकारले तोकेको समर्थन मूल्यमा किसानको धान खरिद गर्ने व्यवस्था मिलाउन माग गरेको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...