

सिरहाको मिर्चैया नगरपालिका–६ निवासी यादवलाई मंसिर ६ गते राति ९ः५० बजे कटारी चोकस्थित मन्चुरिया होटल अगाडिबाट प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक जीवकान्त चौधरीको नेतृत्वमा खटिएको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
पक्राउ परेका यादवका बुवा दिलिप साह २०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा (माओवादी) बाट सभासद् निर्वाचित भएका थिए । उनी हाल नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध रहेको बताइएको छ ।
प्रहरीका अनुसार ठगीसम्बन्धी मुद्दामा फरार रहेका यादवलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय मिर्चैयामा राखिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालले जानकारी दिएका छन् ।

