

बाजुरा । बाजुरामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
जगन्नाथ गाउँपालिका–३ दाउणामा पिलुचौरबाट मनिकाँडातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००२ त ४६८७ नम्बरको ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा जगन्नाथ गाउँपालिका–३ मनिकाँडाका ४५ वर्षीय धनरूप शाही र ३५ वर्षीय धर्म शाहीको मृत्यु भएको प्रहरीले पुष्टि गरेकाे छ ।
अन्य पाँच जना घाइते छन् । दुर्घटनामा ट्याक्टर चालक अछामको रामारोशन गाउँपालिका–४ का २१ वर्षीय नवीन बोहरा, जगन्नाथ–३ की ४० वर्षीया बिउरा ओड, ४५ वर्षीया सिद्धा ओड, २२ वर्षीया संगीता शाही र ५२ कि रामशरा देवी सिंह घाइते भएका छन् ।उनीहरूको अवस्था मध्यम रहेको छ।
उनीहरूकाे उद्दार गरि प्रहरीले जिल्ला अस्पताल पठाइरहेकाे छ ।ट्याक्टर शुक्रबार साँझ ६ :३० बजे अनियन्त्रित भई सडकबाट करिब पाँच सय मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा भएको प्रहरीले जनाएको छ।

