

६ मंसिर, धनगढी । अछाम क्षेत्र नम्बर १ मा अग्रता लिइरहेका सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवरले मतान्तर बढाउँदै लगेका छन् ।
उनलाई पछ्याइरहेका नेकपा एमालेका झपट बोहराले भन्दा कुँवरले ३ हजारभन्दा बढी मत ल्याएका हुन् । अहिलेसम्मको परिणामअनुसार कुँवरले ८ हजार ३१ मत ल्याउँदा बोहराले ४ हजार ८ सय १५ मत मात्र पाएका हुन ।
अछाम क्षेत्र नम्बर १ एमाले नेता भीम रावलको क्षेत्र हो ।

