कैलालीको सैनिक स्कुलको होस्टेलमा १६ वर्षीया किशोरी मृत भेटिइन्

cp new add
Nisharg hospital
Samajik

१४ साउन, धनगढी । कैलालीको अत्तरियामा रहेको सैनिक आवासीय महाविद्यालयमा एक किशोरी मृत अवस्थामा भेटिएकी छन् । जिल्लाको गोदावरी नगरपालिका–१ बस्ने भूपू सैनिक मनोज विष्टकी १६ वर्षीया छोरी भिमानी विष्ट मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

DHANGADHI

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले सैनिक आवासीय महाविद्यालयको महिला होस्टेलमा बसेर कक्षा १० मा अध्ययन गर्दै आएकी विष्ट शनिबार बिहान कोठामै मृत भेटिएको जानकारी दिए ।

जोशीकाअनुसार उनी कोठाको पंखामा दोपट्टाले झुण्डिएको अवस्थामा मृत भेटिएपनि घटनाको अनुसन्धान भइरहेको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...