


धनगढी । कैलालीको धनगढीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन्।


धनगढी उपमहानगरपालिका–२ स्थित त्रिनगर ब्यारेलबाट ५ सय ६३ मिलिग्राम ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।






आइतबार प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले बा ८५ प ८८०३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई शंका लागेर चेकजाँच गर्दा उक्त पदार्थ फेला पारेको थियो।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१८, फूलबारीका ३० वर्षीय बाली रावतसहित दुई जना रहेका छन्।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।






