press
po

कैलाली र कञ्चनपुरबाट साढे ३ लाख बढीका भन्सार छलीका सामान बरामद

cp new add
Nisharg hospital
Dhangadhi
Rubic

धनगढी । कैलाली र कञ्चनपुरबाट प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएका साढे ३ लाख रुपैयाँभन्दा बढी मूल्यका विभिन्न सामान बरामद गरेको छ।

sanjiwan
Nisharg

कैलालीका विभिन्न स्थानबाट प्रहरीले २ लाख २१ हजार ५ सय ९० रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिएको छ। बरामद सामानमा विभिन्न किसिमका कपडा, कस्मेटिक, पटाका तथा किराना सामग्री रहेका छन्।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

त्यस्तै, कञ्चनपुरका विभिन्न स्थानबाट १ लाख २३ हजार ३ सय रुपैयाँ बराबरका सामान बरामद गरिएको छ। प्रहरीले बिँडी, डिउ तथा किराना पसलका सामान नियन्त्रणमा लिएको जनाएको छ।

HAMRO DAIRY

आइतबार जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुर तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले दुवै जिल्लाका विभिन्न स्थानमा बेवारिसे अवस्थामा ती सामान फेला पारेको थियो।

बरामद सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...