

७ मंसिर, धनगढी । अछाम निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा (एकीकृत समाजवादी)का शेरबहादुर कुँवर विजयी भएका छन् । एमालेका झपटबहादुर बोहरालाई ४,४८९ मतले पराजीत गर्दै कुँवर विजयी भएका हुन् ।
कुँवरले १९,५३४ मत प्राप्त गरेका छन् भने एमालेका झपटबहादुर बोहराले १५,०४५ मत पाएका छन् । उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । कुँवर श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री पनि हुन् ।
उनको क्षेत्रमा नेकपा एमालेले जिल्लाबाट एकल सिफारिसमा परेका नेता भीम रावलको टिकट खोसेर बोहरालाई दिएको थियो ।

