कैलालीको अत्तरियामा अनियन्त्रित ट्यांङरले ठोक्दा ५ पशुचौपाया मरे, १ जना गम्भीर

अत्तरिया क्षेत्रको विद्युत सेवा अवरुद्ध

Nisharg hospital
Bogtan

१४ साउन, धनगढी । सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी अत्तरियामा ट्यांङर दुर्घटना हुँदा पाँच वटा पशुचौपाया मरेका छन् भने एक जना घाइते भएका छन् । उक्त ट्यांङरले बिजुलीका पोल समेत भाच्दा अत्तरिया क्षेत्रको विद्युत सेवा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

suklaphata

पहाडबाट धनगढी तर्फ आइरहेको नेपाल आयल निगमको ना ४ ख २६४० नम्बरको ट्यांङरको ठक्करबाट पहाड रोडमा छुट्टाछुट्टै स्थानमा पाँच वटा पशुचौपाया मरेको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्यांङरको ठक्करबाट पैदल यात्री ३८ वर्षीय लोकेन्द्र धामी घाइते छन् ।

kmc
Nast

उनको टाउकोमा चोट लागेकाले अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ । ट्धामीको  अत्तरियास्थित पद्यमा अस्पतालमा उपचार भइरहेको छ । चालक डडेल्धुराको आलीताल गाउँपालिका–२ का गणेश मल्ललाई इलाका प्रहरी कार्यालय अत्तरियाले नियन्त्रणमा लिएको छ ।

उक्त ट्यांङर अनियन्त्रित भएर पशुचौपायालाई ठक्कर दिदा दिदै रुख तथा बिजुलीका पोलमा ठोक्किएर पल्टीएका कारण थप क्षति हुन नपाएको अनुमान गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...