अटोलाई व्यवस्थित गर्ने धनगढी उपमहानगरको प्रतिबद्धतापछि आन्दोलन फिर्ता

cp new add
Nisharg hospital
suchana

१५ साउन, धनगढी । धनगढी उपमहानगरपालिका लगायतका सरोकारवाला पक्षले विद्युतीय रिक्सालाई व्यवस्थित गर्ने प्रतिबद्धता जनाएपछि चालकहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।

ट्राफिक प्रहरीले चालक अनुमती पत्र (लाइसेन्स) नभएको भन्दै दैनिक जरिवाना तिराउन थालेपछि आइतबार सेवा ठप्प पारेर आन्दोलित भएका विद्युतीय रिक्सा चालकहरु उपमहानगरपालिका, जिल्ला ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था कार्यालयको प्रतिबद्धतापछि काममा फर्किएका छन् ।

विद्युतीय रिक्सा चालक संघका अध्यक्ष मिनराज जोशीले धनगढी उपमहानगरपालिकाले रिक्सालाई व्यवस्थित गर्न कार्यविधी बनाइरहेको तथा ट्राफिक प्रहरी र यातायात व्यवस्था कार्यालयले चालक अनुमती पत्र (लाइसेन्स) का लागि छिट्टै आवेदन खोल्ने प्रतिबद्धता जनाएको जानकारी दिए ।

‘उहाँहरुको प्रतिबद्धतापछि हामी आन्दोलनका कार्यक्रम फिर्ता गरेर नियमित काममा फर्किएका छौँ,’ जोशीले भने, ‘तत्काल लाइसेन्सको विषयलाई लिएर प्रहरीले जरिवाना नलिने तर रिक्साको ब्लुु बुक नबोको खण्डमा भने कारवाहीको दायरामा ल्याउने सहमती भएको छ ।’

यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमती पत्र (लाइसेन्स) को आवेदन फारम नखोल्ने तर ट्राफिक प्रहरीले लाइसेन्स नभएको भन्दै दैनिक जरिवाना तिराउन थालेको भन्दै विद्युतीय रिक्सा चालकहरु आइतबार बिहानैदेखि आन्दोलित भएका थिए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...