शर्माद्वारा पुनः अर्थमन्त्रीको पदभार ग्रहण

cp new add
Nisharg hospital
suchana

१५ साउन, काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेका छन् । आइतबार अर्थमन्त्रीमा नियुक्त भएका शर्माले साँझ राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए ।

लगत्तै उनले सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरे । मन्त्रालयले आफ्नो स्वागतमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गरेका शर्माले बजेट विवादबारे बोलेनन् । अनधिकृत व्यक्तिले बजेटमा करका दर हेरफेर गरेको भन्दै छानबिनका लागि संसदीय विशेष समिति बनेपछि शर्माले २२ असारमा राजीनामा दिएका थिए ।

समितिले अनधिकृत व्यक्ति अर्थ मन्त्रालय प्रवेश गरेको नदेखिएको प्रतिवेदन बुझाएपछि माओवादीले शर्मालाई फेरि अर्थमन्त्रीमा सिफारिस गरेको थियो । आफूहरुले बनाएको बजेट कार्यान्वयन गर्ने अवसर दिएको भन्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलको नाम नै लिएर धन्यवाद दिए ।

उनले कर्मचारीहरुसँग पनि विगतमा झैं सुमधुर सम्बन्ध र सहकार्य गरेर मन्त्रालयको जिम्मेवारी पूरा गर्ने बताए । अर्थमन्त्री शर्माले अघि भने, ‘बजेट कार्यान्वयनका सन्दर्भमा समीक्षा गरेर कहाँ कमजोरी भए रु कसरी हटाउन सकिन्छ भनेर उचित समीक्षासहित प्रभावकारी कार्यान्वयन गर्न लागिपर्ने छौं ।’ आफ्नो सम्बोधनसँगै कार्यक्रम समाप्त गरेको घोषणा गरेका शर्माले सञ्चारकर्मीहरुको कुनै प्रश्न भने लिएनन् ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...