धनगढीमा कोरोना संक्रमित अस्पताल भर्ना हुन थाले, ८ जनालाई अक्सिजन सपोटमा राखियो

Nisharg hospital

१७ साउन, धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसका संक्रमित बढ्न थालेपछि उपचारका लागि अस्पताल आउनेहरुको संख्या समेत बढेको छ । प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पताल मातहतको कोभिड अस्थायी अस्पतालमा ११ जना कोरोना संक्रमितलाई भर्ना गरिएको छ ।

Navjiwan hospital adv

उनीहरु मध्ये ८ जनालाई कोभिड वार्डमा अक्सिजन सपोटमा राखिएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । उनकाअनुसार पछिल्लो केही दिन यता प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीहरुमा कोरोना भाइरसको संक्रमण देखिन थालेको छ ।

अस्पताल भर्ना भएका मध्ये अधिकांश धनगढी उपमहानगरपालिका क्षेत्रका छन् । सोमबार गरिएको परीक्षणमा २२ जनालाई संक्रमण पुष्टि भएको थियो । मंगलबार भने थप ११ जनामा संक्रमण देखिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

याे पनि हेर्नुस्
Loading...