
१७ साउन, धनगढी । अवैध रुपमा काठ लुकाएको आरोपमा धनगढीका फर्निचर मिल सञ्चालक पक्राउ परेका छन् । डिभिजन वन कार्यालय धनगढीको टोलीले धनगढी उपमहानगरपालिका–६ जालीका करन चौधरीलाई जाली सामुदायिक वन क्षेत्रमा ढलेको रुपमा अवैध रुपमा लुकाएको आरोपमा पक्राउ गरेको हो ।

चौधरीले निर्माणको सामाग्री भण्डारण गर्दै आएको जालीमै बालुवा र माटोले पुरेर २० फिट लामो सालको रुखसहित उनलाई पक्राउ गरिएको डिभिजन वन कार्यालयका निमित्त प्रमुख पूर्ण शंकर यादवले जानकारी दिए । चौधरीले धनगढी उपमहानगरपालिका–५ मा फर्निचर उद्योग सञ्चालन गरेका छन् ।

चाौधरीले अवैध रुपमा काठ लुकाएको स्थानीयको सूचनाका आधारमा डिभिजन वन कार्यालयको टोली त्यहाँ पुगेको थियो । उनलाई सशस्त्र वन सुरक्षा शाखाको नियन्त्रणमा राखेर घटनाबारे अनुसन्धान भइरहेको यादवले बताए ।
