press
po

सुदूरपश्चिममा दुई हजार जना अटाउने होल्डिङ सेन्टर तयार, सञ्चालनबारे अन्योल

cp new add
Nisharg hospital
dhanga
Rubic

१८ साउन, धनगढी । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा दुई हजार जना मानिस अटाउने होल्डिङ सेन्टर तयार भएको छ । कोरोना महामारीको समयमा भारतबाट फर्किएका शंकास्पद संक्रमितलाई राख्न होल्डिङ सेन्टर बनाउन सुरु गरिएको थियो ।

sanjiwan
Nisharg

धनगढी उपमहानगरपालिका–३ बडहरा र कञ्चनपुरको भीमदत्त नगरपालिका– १८ को सालघारीमा एक-एक हजार जना अटाउने होल्डिङ सेन्टर तयार भएको निर्माणको जिम्मा पाएको हनुमान कन्सट्रक्सनका साइड इन्जिनियर बिक्रम गैरेले जानकारी दिए ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

‘हामीले दुवै जिल्लामा होल्डिङ सेन्टर निर्माणको काम एक महिना अघि नै सम्पन्न गरिसकेका छौं । अहिले नेपाली सेनालाई संरचना हस्तान्तरण गर्ने प्रक्रिया चलिरहेको छ’, गैरेले भने । उनका अनुसार नेपाली सेनाले सम्झौताअनुसार भएका कामको विवरण रुजु गर्दै बुझ्ने क्रम चलिरहेको छ ।

HAMRO DAIRY
                                                             धनगढीको बडहरामा निर्माण सकिएको होल्डिङ सेन्टर

धनगढीमा २८ करोड ८१ लाख रुपैयाँको लागतमा विभिन्न ५९ वटा संरचना निर्माण गरिएको छ । जसमा ५०-५० जना अटाउने क्षमता भएका २२ वटा क्वारेन्टिन ब्लक, दुई वटा प्रशासनिक भवन, १२ वटा डाइनिङ हल, तीन वटा भान्छा र २२ वटा शौचालय निर्माण गरिएका छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिकामा पनि धनगढीमा बनेकै जति भौतिक संरचना निर्माण भएका छन् । ती संरचना निर्माणका लागि हनुमान कन्सट्रक्सनले नै २९ करोड २४ लाखमा ठेक्का पाएको थियो । हनुमान कन्सट्रक्सनले दुवै जिल्लामा एक÷एक हजार जना अटाउने होल्डिङ सेन्टर ५८ करोड पाँच लाख रुपैयाँ बराबरको बजेटमा निर्माणको काम सम्पन्न गरेको छ ।

Nav

६ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी ३ असार २०७८ मा होल्डिङ सेन्टर निर्माणका लागि सम्झौता गरिएको थियो तर निर्धारित समयमा काम नसकिएपछि निर्माण व्यवसायीको आग्रहमा म्याद थप गरिएको थियो ।

सञ्चालनबारे अन्योल

नेपाल सरकारले नेपाली सेनाको जिम्मा दिएर निर्माण गरेका होल्डिङ सेन्टर सञ्चालनबारे अन्योल छ । देवीदल गण तेघरी ब्यारेकका गणपति प्रमुख सेनानी सुनिलकुमार मल्लले होल्डिङ सेन्टरका भौतिक संरचनाको गुणस्तर परीक्षण गरेर बुझ्ने प्रक्रियामा रहेको बताए । तर सञ्चालन मोडालिटीको विषयमा माथिल्लो निकायबाट कुनै निर्देशन नआएको उनले जानकारी दिए ।

‘निर्माण व्यवासयीले तयार गरेका संरचनाहरु स्तरीय छन् कि छैनन् भनेर परीक्षणको काम गरिरहेका छौं । त्यो पूरा भए हामीले जिम्मा लिन्छौं’, मल्लले  भने, ‘त्यसपछि माथिको निर्देशन के आउँछ सोहीअनुसार काम गर्छौं ।’  प्रदेशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी उपसचिव गणेशबहादुर सिंह संघीय सरकारले निर्माण गरेका होल्डिङ सेन्टरको प्रयोगबारे कुनैछलफल नभएको बताउँछन् ।

‘होल्डिङ सेन्टरका संरचनाहरु औपचारिक रुपमा संघीय सरकारले हामीलाई हस्तान्तरण गरिसकेको अवस्था नभएकाले व्यवस्थापनका लागि औपचारिक तयारी गर्ने कुरा हुदैन’, सिंहले भने, ‘तर आवश्यकता परी आएको खण्डमा ती संरचना प्रयोग गर्नुपर्ने हुनसक्छ ।’

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...