बझाङमा साढे ११ किलो चरेशसहित एक जना पक्राउ

Nisharg hospital

१९ साउन, धनगढी । बझाङमा साढे ११ किलो चरेशसहित एक जना पक्राउ परेका छन् । सु.प.प्र.०२००१ ख १११९ नम्बरको बसमा सवार दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बारील बस्ने ४३ वर्षीय बिरेन्द्रबहादुर खडायतलाई साढे ११ किलो चरेशसहित पक्राउ गरिएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए ।

swostik

चैनपुरदेखी महेन्द्रनगरतर्फ जादै गरेको पवनदुत यातायात उक्त बस बित्थडचिर गाउँपालिका–८ बागथलास्थित जयपृथ्बी राजमार्गमा अस्थायी प्रहरी पोष्ट बागथलाका प्रमुख प्रहरी सहायक निरीक्षक मोहन सिंह कुँवर र ट्राफिक प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा खडायत पक्राउ गरेको उनले बताए ।

खडायतलाई नियन्त्रणमा लिएर जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...