लागुऔषध खरिद गर्न कञ्चनपुर पुगेका धनगढीका ६ जना पक्राउ

Nisharg hospital
krishi add

२० साउन, धनगढी । लागुऔषध खरिद गर्न धनगढीबाट कञ्चनपुर पुगेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बेलौरी नगरपालिका वडा नम्बर ६ को प्रेमनगरबाट १४ दशमलव ७५ ग्राम लागुऔषध(खैरो हिरोइन) सहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

swostik

पक्राउ पर्नेमा अछामको साफेबगर नगरपालिकाका २४ वर्षीय गणेश भण्डारी, २२ वर्षीय खगेन्द्र भण्डारी, साफेबगर नगरपालिकाकै २० वर्षीय सन्दीप कुँवर, २६ वर्षीय बिक्रम कुँवर, ३३ वर्षीय क्षतिज बुढा र कञ्चनुरको कृष्णपुर नगरपालिकाका २५ वर्षीय रोशन ऐर छन् ।

उनीहरु धनगढीबाट लागुऔषध खरिद गर्नकै लागि बेलौरी पुगेको प्रहरीको भनाई छ ।  उनीहरुको साथबाट सुपप्र०१००८ प८८७८ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए । ६ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...