एकैदिन धनगढीका २२ जनामा कोरोना संक्रमण पुष्टि

Nisharg hospital

२० साउन, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा कोरोना भाइरसको संक्रमण फैलिन थालेको छ । शुक्रबार मात्र धनगढी उपमहानगरपालिकाका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

swostik

सेती प्रादेशिक अस्पतालमा ८८ जनाको नमूना परीक्षण गरिएकोमा २७ जनामा संक्रमण देखिएको थियो । उनीहरु मध्ये २२ जना धनगढीका विभिन्न वडाका स्थानीय रहेको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

नयाँ लहरको कोरोना फैलिएपछि धनगढीमा यति ठूलो संख्यामा संक्रमित फेला परेको पहिलो दिन हो । उनकाअनुसार अन्य ४ जना टीकापुर नगरपालिका र एक जना गोदावरी नगरपालिकाका छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...