‘परशुराममा स्वास्थ्य, शिक्षा र पूर्वाधारमा महत्वपूर्ण थालनी’

Seti
arth ok

३१ भदौ, धनगढी । डडेल्धुराको परशुराम नगरपालिकाका मेयर भरत बडाय जोशीले पदभार ग्रहण गरेको सय दिनको अवधीमा महत्वपूर्ण कामको थालनी गरेका छन् ।

Nisharg hospital

सुदूरपश्चिमका सबै स्थानीय तहमा निर्वाचित मेयर-उपमेयर तथा अध्यक्ष-उपाध्यक्ष मध्येकै कान्छा जनप्रतिनिधिका रुपमा निर्वाचित भएका मेयर जोशीले नगरमा स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकता दिएर कामको थालनी गरेका हुन् ।

उनले सार्वजनिक गरेको एक सय दिनको कार्य प्रगतीको विवरणअनुसार परशुराम नगर क्षेत्रमा गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनदेखि पूर्वाधार विकाससम्मका महत्वपूर्ण कामको सुरुवात गरिएको उल्लेख छ ।

HPV

स्वास्थ्य सेवालाई प्राथमिकता दिएका जोशीले सुष्मा कोइराला मेमोरियल अस्पताल काठमाडौंसँगको सहकार्यमा शारीरिक अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने, निःशुल्क आँखा स्वास्थ्य शिवीर सञ्चालन गर्ने, ज्येष्ठ नागरिकको सहजताका लागि जोगबुडा अस्पतालमा “जेष्ठ नागरिक डेस्क“को स्थापना  गरेका छन् ।

जोगबुडा अस्पतालमा ११ केभीको विद्युत लाइन विस्तार गर्दै छुट्टै ट्रान्सफर्मर राखिएको र अस्पताललाई २५ बाट ५० शैयामा स्तरोन्नती गर्न आवश्यक पहल थालिएको कुरालाई पनि महत्वपूर्ण उपलब्धीका रुपमा लिइएको छ ।

नगरभा तथा नगर कार्यपालिका बैठकहरु प्रत्यक्ष प्रशारण गर्ने, निर्णयहरु तत्काल सार्वजनिक गर्ने, विद्यालय शिक्षाको गुणस्तर सुधारका कामको थालनी, सवै आधारभुत विद्यालयमा इनटरनेट सेवा जडान गर्ने कामको सुरुवात, योगा सेन्टर स्थापनाका लागि शहरी विकास कोषसँग सम्झौता, सौर्य वत्तीको मर्मत सम्भारलाई पनि उपलब्धीमा राखिएको छ ।

भौतिक पूर्वाधारतर्फका थप प्रगतीका रुपमा सघन शहरी विकास कार्यक्रम व्यवस्थित बसपार्क, सडक कालोपत्रे, बजार क्षेत्रमा ढल निकास लगायतका विषय छलफल गरी टेण्डर आह्वानको प्रक्रिया अघि बढेको, परशुराम नगरपालिका–६ को करालीदेखि कुडा सम्मको सडक कालोपत्रेका लागि टेण्डर आह्वान भएको कुरालाई पनि एक सय दिनको प्रगतीमा समेटिएको छ ।

हेर्नुस् मेयर जोशीले १०० दिनमा गरेका कामहरु :

  • Oxygen of Democracy तथा Mother of all other Freedoms का रुपमा रहने सूचनाको हक र पारदर्शितालाई प्रवर्धन गर्न नगरकार्यपालिका र नगरसभा बैठकहरुको LIVE गर्ने तथा निर्णयहरु वेभसाइट, सामाजिक सञ्जालमा Update/Upload गर्ने कार्यको सुरुवात गरिएको ।
  • गर्भवती महिलालाई नि:शुल्क एम्बुलेन्स सेवा सुचारु गरिएको ।
  • सुष्मा कोइराला मेमोरियल अस्पताल काठमाडौं र परशुराम नगरपालिका बीच नि:शुल्क शारीरिक अपाङ्गता र Burning Injury को सर्जरीका लागि परशुराम नगरपालिकामा स्वास्थ्य शिविर सञ्चालन गर्न सम्झौता भएको ।
  • नि:शुल्क आँखा स्वास्थ्य शिवीर सञ्चालन गर्न डा. सन्दुक रुइतको टिम सँग सम्झौता भएको ।
  • ज्येष्ठ नागरिकको सम्मान र स्वास्थ्य उपचारमा सहजताका लागि जोगबुडा अस्पतालमा छुट्टै “जेष्ठ नागरिक डेस्क”को स्थापना गरी सेवा सुचारु गरिएको ।
  • जोगबुडा अस्पतालमा ११ KV को विद्युत लाइन विस्तार र छुट्टै ट्रान्सफर्मर स्थापना गरी विद्युत क्षमताको अभावका कारण हुने समस्याहरुको समाधान भएको ।
  • २५ बेडको जोगबुडा अस्पताललाई ५० बेडमा स्तरोन्नतीका लागि सम्पूर्ण पहल भइसकेको र थप भौतिक संरचना निर्माणका लागि टेण्डर प्रक्रिया अगाडी बढेको ।
  • विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि काठमाडौंको बुढानिलकण्ठ स्कूलसँग छलफल गरिएको र निकट भविष्यमा बुढानिलकण्ठ विद्यालयको टिम परशुराम नगरपालिकामा आउने तयारी रहेको ।
  • नगरपालिकाका सवै माध्यमिक विद्यालयहरुमा इ-हाजिरी जडान कार्यको सुरुवात गरिएको ।
  • सवै आधारभुत विद्यालयहरुमा इन्टरनेट सेवाको जडान कार्यको सुरुवात गरिएको ।
  • नगरपालिकाका सवै सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकज्यूहरु सँग सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर विकासका लागि ४७ बुँदे करार सम्झौता सम्पन्न गरिएको र नियमित Follow Up गरिने ।
  • SEE परीक्षामा ३.० GPA भन्दा माथी नतिजा प्राप्त गर्ने सामुदायिक विद्यालयका विदर्यार्थीलाई सम्मान सहित प्रमाणपत्र तथा पुरुस्कार वितरण गर्न अभियानको सुरुवात गरिएको ।
  • परशुराम नगरपालिकामा नापी र मालपोत कार्यालयको स्थापनाका लागि निरन्तर गरिएको पहलको परिणाम स्वरुप कार्यालय तथा कार्यालय प्रमुखको व्यवस्थापन भइसकेको र निकट भविष्यमा उद्घाटन भइ सञ्चालनमा आउने ।
  • भूमि आयोगको कार्यालय स्थापना गरी लालपूर्जा वितरणको कार्य सञ्चालनको प्रक्रियामा रहेको ।
  • Meditation and Yoga Center स्थापनाको अध्ययन गर्नका लागि शहरी विकास कोष सँग सम्झौता भएको ।
  • नगरपालिकालाई पूर्ण रुपमा विद्युतीकरण गर्न सर्भे कार्य सम्पन्न भइसकेको र विद्युत लाइन विस्तारको कार्य सञ्चालनमा रहेको ।
  • परशुराम नगरपालिकाका विभिन्न स्थानहरुमा जडान गरिएका सौर्य वत्तीहरुको मर्मत सम्भार गरिएको ।
  • सघन शहरी कार्यक्रम अन्तर्गत परशुराम नगरपालिकामा व्यवस्थित बसपार्क, सडक कालोपत्रे, सदरमुकामको बजार क्षेत्रमा ढल निकास, Start Up Business Centre को स्थापनाका लागि पटक – पटक सम्बन्धीत निकाय सँग छलफल गरिएको र टेण्डर आह्वानको प्रक्रियामा रहेको ।
  • परशुराम नगरपालिका र विकास साझेदार संस्थाहरुको सहयोगमा स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्र (LEOC) स्थापनाको तयारी अन्तिम चरणमा रहेको छ । साथै पनपा ०६ मा आपतकालिन सुरक्षित आश्रय भवन निर्माणको सम्झौता सम्पन्न भइसकेको ।
  • महाकाली करिडोर अन्तर्गत परशुराम नगरपालिका वडा नं. ०६ को कराली देखि कुडा सम्मको सडक कालोपत्रेका लागि सम्बन्धीत निकायमा पहल भएको र हाल टेण्डर आह्वान भइसकेको ।
  • परशुराम नगरपालिकामा दुरसञ्चार सेवा प्रभावकारी बनाउन पटक-पटक नेपाल टेलिकमका अधिकारीहरुसँग सम्बाद गरी निरन्तर Follow मा रहेका छौं । साथै वडा नं. १, २, ३, ५ र १२ मा टेलिफोन टावर स्थापनाका लागि पहल गरिएको ।
  • परशुराम नगरपालिकामा Innovation Centre स्थापनाका लागि चालु आ. व. मा वजेटको व्यवस्था गरिएको र थप आवस्यक सहयोगका लागि राष्ट्रीय आविस्कार केन्द्र कीर्तिपुर, काठमाडौंसँग सम्झौता गरिएको ।
  • विदर्यार्थी र वजार वीचको Gap Fulfill गर्न Parshuram Knowledge and Learning Center को स्थापनाका लागि वजेट विनियोजन भइसकेको कार्यान्वयनको चरणमा रहेको ।
  • भारत सँगको सीमाना अवस्थित महाकाली नदीमा परशुराम नगरपालिका वडा नं. ०५ परिगाउँमा Motorable सडक पुल निर्माणका लागि सम्माननीय प्रधानमन्त्री ज्यू निरन्तर लिखित, मौखिक रुपमा आग्रह गरिएको तथा सम्माननीय प्रधानमन्त्रीज्यूबाट भारतका आफ्ना समकक्षी प्रधानमन्त्री ज्यू सँग छलफल भएको र निकट भविष्यमा निर्माण हुने आश्वासन प्राप्त भएको ।
  • परशुराम नगरपालिकाको सर्वाङ्गिण विकासका लागि सम्माननीय प्रधानमन्त्री ज्यू, माननीय मन्त्री ज्यूहरु, अन्य महत्वपूर्ण ब्यक्तित्व तथा संस्थाहरु सँग नियमित सम्बाद छलफल गरी परशुराम नगरपालिकाका समस्याहरुका बारेमा लिखित तथा मौखिक रुपमा अवगत गराइएको र निरन्तर Follow Up गरिरहेको ।

 

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...