२३ साउन, धनगढी । कैलाली प्रहरीले भारतबाट सुन चोरी गरेर ल्याएको प्रकरणमा थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेका ती दुवै जना भारतबाट सुन चोरेर नेपाल ल्याउने कार्यमा संलग्न व्यक्ति भएको प्रहरीको भनाई तर उनीहरुको परिचय भने खुलाइएको छैन ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले सुन चोरीको घटनामा जोडिएको पाइएपछि थप दुई जनालाई पक्राउ गरिएको जानकारी दिए । उनीहरु दुवै जना बैतडीका भएपनि तत्काल विस्तृत विवरण सार्वजनिक गर्न नमिल्ने जोशीले बताए ।
भारतको पञ्जाबमा भएको सुन चोरीको घटनाको अनुसन्धानका लागि यसअघि कैलाली प्रहरीले धनगढीका सुन व्यवसायी सन्तोश लामिछानेसहितका चार जनालाई पक्राउ गरेको थियो ।
मुुम्बई उड्ने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका व्यवसायी लामिछाने बाहेकका अन्य व्यक्तिको नाम प्रहरीले खुलाएको छैन । उनीहरु भारतको मुम्बइमा भएको एक करोड रुपैयाँ भन्दा बढी मूल्य पर्ने सुन चोरीको घटनामा संलग्न रहेको प्रहरीको भनाई छ ।