धनगढीमा डेढ किलो चरेशसहित होटलबाट सशस्त्रका जवान पक्राउ

Nisharg hospital

२३ साउन, धनगढी । कैलालीमा डेढ किलो चरेशसहित सशस्त्र प्रहरीका जवान पक्राउ परेका छन् । धनगढीको भन्सार रोडमा रहेको सिटी होटलबाट विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी जवान बझाङको दुर्गाथली गाउँपालिका–४ का गणेशप्रसाद जोशीलाई पक्राउ गरिएको हो ।

Navjiwan hospital adv

उनको साथबाट डेढ किलो चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिए । कैलालीकै वनबेहडास्थित सशस्त्र गणमा कार्यरत जवान जोशीलाई विशेष सूचनाका आधार सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको जोशीले बताए ।

उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

याे पनि हेर्नुस्
Loading...