२३ साउन, धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको नयाँ लहर फैलिएयताकै सर्वाधिक कोरोना संक्रमित भेटिएका छन् । प्रदेशका विभिन्न ठाउँमा गरिएको परीक्षणमा सोमबार एक सय २१ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
नयाँ लहर फैलिएपछि एकैदिन यति धेरै जनामा संक्रमण देखिएको पहिलो पटक भएको उसको भनाई छ । सोमबार एन्टिजेन विधिबाट ९६७ र पीसीआर ल्याबमा ७७ जनाको नमूना परीक्षण गरिएको थियो ।
सबैभन्दा बढि कञ्चनपुरमा ७४ जना, कैलालीमा ४१ जना, डडेल्धुरा र बझाडमा २ २ जना र बैतडीमा एक जनामा कोरोना संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।