२३ साउन, धनगढी । बैतडीको झुलाघाट नाका भएर नेपाल आइरहेका चार जना भारतीय नागरिकलाई कोरोना संक्रमण देखिएपछि फर्काइएको छ ।
स्वास्थ्य कार्यालय बैतडीले सोमबार चारजना भारतीय नागरिकमा कोरोना पुष्टि भएपछि उनीहरुलाई भारततर्फ पठाइएको जनाएको छ ।
बैतडीसहित सुदूरपश्चिम प्रदेशका अन्य जिल्लामा पनि पछिल्लो समय कोरोना संक्रमण बढ्न थालेको छ ।