कञ्चनपुर कारागारमा कैदीबन्दी पालमुनी बसेर रात कटाउदै

Nisharg hospital

२३ साउन, धनगढी । कञ्चनपुर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ भने वर्षाका बेला पालमुनि बस्नुपर्ने उनीहरुको बाध्यता छ । निरन्तरको साउने झरीमा त्रिपालमुनि ओत लाग्नुबाहेक कैदीबन्दीसँग अर्को विकल्प छैन । पाँच दशकअघि स्थापना भएको कारागारको भौतिक संरचनामा सुधार नहुँदा वर्षौंदेखि कैदीबन्दीले यो समस्या बेहोर्दै आएका छन् ।

९५ जनाको क्षमता भएको कारागारमा अहिले एक नाबालकसहित ४४८ जना कैदीबन्दी रहेका छन् । सो कारागारमा २४ जना भारतीय नागरिक पनि छन् । ७५ जना पुरुष र २० जना महिला राख्न सकिने क्षमताको कारागारमा १९ जना महिला र ४२८ पुरुष जना पुरुष कैदीबन्दी रहेको कारागारका लेखापाल रमेश भट्टले जानकारी दिए ।

२०२३ सालमा स्थापना भएको कारागारको क्षेत्रफल पाँच बिघा रहेको छ । जसमध्ये करिब दस कट्ठा जमिनमा निर्माण गरिएका भौतिक संरचनाभित्र कोचाकोचको अवस्थामा कैदीबन्दीले सजायका दिन बिताइरहेका छन् ।

कारागारभित्र कानुनबमोजिम सजाय भोग्दै आएका कैदीबन्दीका लागि सुत्न त के बस्नका लागि पनि पर्याप्त ठाउँ नभएकाले  कैदीबन्दी आलोपालो सुत्ने गरेका छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...