२४ साउन, धनगढी । राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेशको संयोजकमा विनश शाह चयन भएका छन् । नेकपा एमाले सम्बद्ध युवा संघका केन्द्रीय सचिवालय सदस्य तथा विदेश विभाग उपप्रमुख समेत रहेका शाहलाई केन्द्रीय आयोजक कमिटिले प्रदेश संयोजकमा सर्वसम्मत चयन गरेको हो ।
२०७२ सालमा राष्ट्रिय युवा संघको केन्द्रीय कमिटि सदस्यमा बनेका शाहको जिल्लादेखि युुवा संघको राष्ट्रिय राजनीतिमा छुट्टै खालको छवी बनाउन सफल नेताका रुपमा चिनिन्छन् ।
२०६२ सालमा काठमाडौँको नेपाल कलेज अफ इनफर्मेसन टेक्नोलोजी(एनसीआईटी) बाट पार्टीको भातृ संगठन अनेरास्ववियुुबाट उनी नेकपा एमालेको राजनीतिमा प्रवेश गरेका थिए । विद्यार्थी राजनीतिमा प्रवेश गरेको छोटो समयमै लोकप्रिय बनेका थिए ।
शाह पेशाले इलेक्ट्रोनिक एण्ड कम्युुनिकेशन इन्जिनियर र सिस्टम इन्जिनियर पनि हुन् ।