२० लाख बिगो दाबी गर्दै वन अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

cp new add
Nisharg hospital

२४ साउन, काठमाडौं । डिभिजन वन कार्यालय, मुगुका डिभिजन वन अधिकृत भरत बहादुर बुढथापा, सव(इन्जिनियर र निर्माण उपभोक्ता समितिका अध्यक्षसमेत ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

Nast Ad

छायाँनाथ रारा नगरपालिका वडा नं। १४ अन्तर्गत पर्ने चंखेली हिमालदेखि दुधताल सातदहसम्म पर्यटकीय मार्ग निर्माण गर्नको लागि प्रदेश सरकारबाट डिभिजन वन कार्यालय, मुगुमा निकासा भएको रकम अनियमितता गरेको भन्‍दै अख्तियार अनुसन्धान दुरूपयोग आयोगले डिभिजन वन कार्यालय, मुगुका डिभिजन वन अधिकृत भरत बहादुर बुढथापा, सव(इन्जिनियर हिमाल कुमार मल्ल र सव-इन्जिनियर गोरसिंह बढुवालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

यसका साथै सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष सुरेन्द्र बहादुर बुढा, उपाध्यक्ष गनलाल बढुवाल, कोषाध्यक्ष चौरसिला बुढा र सचिव लक्ष्मण बुढासमेतले डिभिजन वन कार्यालय, मुगुसँग गरेको सम्झौताको भन्‍दै उनीहरुविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।

अख्तियारले निर्धारित शर्त तथा मापदण्ड विपरीत निर्माण गरी गराई, झुट्टा नापी किताब, मूल्याङ्‍कन विल, उपभोक्ता समितिको विल र कार्यसम्पन्न प्रतिवेदन तयार गरी गराई सोही कागजातको आधारमा भएको उनीहरुविरुद्ध २० लाख ४८ हजार ४०३ रुपैयाँ विगो दाबी गरेको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...