press
po

कैलाली प्रहरीले करोड बढिको सुन चोरीमा संलग्नको परिचय लुकायो !

cp new add
Nisharg hospital
dhanga
Rubic

२६ साउन, धनगढी । भारत पञ्जाबको पटियालाबाट चोरेर ल्याइएको भनिएको ४६ लाख नगद र केही गहना कैलाली प्रहरीले बरामद गरेको छ ।

sanjiwan
Nisharg

४६ लाख २८ हजार ४१८ रुपैयाँ नगदका अतिरिक्त ८७ ग्राम सुन, १६६ ग्राम चाँदी, दुई वटा तिलहरी, एक थान श्रीफूल, ४ थान धातुका कडा र एक जोर झुम्का बरामद गरिएको प्रहरीले पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीमार्फत उपलब्ध गराएको विवरणमा उल्लेख छ ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

प्रहरीले एक करोड भन्दा बढी मूल्यको सुन चोरी भएको बताए पनि संलग्नहरुले बिक्री गरिसकेको अवस्थामा केही नगद रकम मात्र बरामद गरिएको दाबी गरेको छ । तर नेपाल सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिमका अध्यक्ष सन्तोष लामिछाने समेत जोडिएको यो चोरी प्रकरणमा पक्राउ परेर धरौटीमा छुटिसकेका व्यक्तिहरु बारेको सूचना भने कैलाली प्रहरीले उपलब्ध गराएको छैन ।

HAMRO DAIRY
Nav

एक ग्राम लागुऔषधसहित कुनै व्यक्तिलाई पक्राउ गर्दा व्यक्तिगत विवरणसहित मिडियामा इमेलमार्फत फोटो पठाउने गरेको प्रहरीले चोरीमा संलग्न भएको आरोप लागेर सीडीओको आदेशमा छुटिसकेका व्यक्तिहरुको विवरण उपलब्ध गराएको छैन ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरले पक्राउ परेर धरौटीमा छुटेकाहरुको विवरण मिडियामा दिन नमिल्ने बताए । ‘हामी अहिले पनि अनुसन्धानकै प्रक्रियामा छौं । ती व्यक्तिहरुको विवरण दिन मिल्दैन, दिंदैनौं,’ एसपी राठौरले भने, ‘मिडियामा लेख्ने कुरामा तपाईंलाई जे मन लाग्छ त्यही लेख्नुस् । हामी यो घटनामा आधिकारीक रुपमा सूचना दिन सक्दैनौं ।’

सुन चोरीमा संलग्न भएको आरोपमा पक्राउ गरेकाहरुलाई कैलाली प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाएको थियो । आरोपी सुन व्यवसायी लामिछानेसहितका ६ जना मंगलबार जिल्ला प्रशासन कार्यालयमा १०-१० हजार धरौटी बुझाएर छुटिसकेका छन् । तर उनीहरुको परिचय प्रहरीले अझै गोप्य राखेको छ । यो घटनामा काठमाडौं र डोटीमा समेत एक(एक जना पक्राउ परेको भए पनि उनीहरु समेत धरौटी बुझाएर छुटिसकेका छन् ।

प्रहरीले गत साउन १८ गते भारतको मुम्बई उड्न लागेको विमान रोकेर काठमाडौंबाट व्यवसायी लामिछानेलाई पक्राउ गरेको थियो । अन्य व्यक्ति त्यो भन्दा अघि र केही व्यक्तिहरु उनीसँगै पक्राउ परेका थिए तर ती व्यक्ति को हुन् रु भन्ने कुरा खुलेको छैन । – अनलाइनखबरबाट

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...