press
po

जन्मदिनको पार्टीमा गोलाबारी, ४ जनाको मृत्यु, २८ जना घाइते

cp new add
Nisharg hospital
dhanga
Rubic

४ बैशाख, अलाबामा । अमेरिकाको अलाबामा राज्यमा भएको गोलीकाण्डमा कम्तीमा चार जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार शनिबार राति स्थानीय समयअनुसार १०ः३० बजे डेडेभिल सहरमा एउटा जन्मदिनको पार्टीमा गोली चलेको थियो ।

sanjiwan
Nisharg
Nav

अलाबामाका गभर्नर केभ आइभीले यसबारे ट्विटरमा लेखेका छन्, ‘आज बिहान, म डेडेभिलका जनता र अलाबामाका मेरा सहकर्मीहरूसँग शोकमा छु। हाम्रो राज्यमा हिंसाको कुनै ठाउँ छैन ।’ डेडेभिल पुलिस र हाईस्कूल फुटबल टोलीका लागि धर्मगुरुको रूपमा सेवा गरेका बेन हेसले मारिने अधिकांश किशोर किशोरी रहेको बताए ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

उनले भने, ‘मारिएका युवा हाम्रा स्टार खेलाडीमध्येका एक थिए । उनी धेरै राम्रो मान्छे थिए। मैले यी धेरै विद्यार्थीहरूलाई चिनेको थिएँ । डेडेभिल एउटा सानो सहर हो र यो घटनाले यहाँ सबैलाई असर गर्नेछ।’ लगभग ३२ सय जनसङ्ख्या भएको यो सहर अलाबामा को पूर्वी भागमा तल्लापोसा काउन्टीमा रहेको छ ।

HAMRO DAIRY

अमेरिकामा शनिबार केन्टकी राज्यको लुइसभिलको एउटा पार्कमा गोली चलेको अर्को घटना भएको छ । उक्त घटनामा दुई जनाको मृत्यु भएको र चारजना घाइते भएको समाचार छ ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...