

२३ असार, धनगढी । धनगढीको सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरले पर्सी(असार २५गते) देखि निःशुल्क स्वास्थ्य परामर्श तथा उपचार सेवा सञ्चालन गर्ने भएको छ । धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोड चोकमा रहेको हस्पिटलले निःशुल्क रगत परीक्षणसहित विषेशज्ञ डाक्टरबाट स्वास्थ्य परामर्श तथा उपचार सेवा सञ्चालन गर्ने भएको हो ।
पर्सीदेखि सञ्चालन हुने निःशुल्क सेवा १५ दिन सम्म चल्नेछ । उक्त अवधिमा विषेशज्ञ चिकित्सकबाट निःशुल्क रुपमा पेट, मुटु, छाती, हाडजोर्नी तथा नसा सम्बन्धी उपचार तथा परामर्श सेवा लिन सकिनेछ ।
यस्तै, छाती दुख्ने, पोल्ने श्वास फेर्न गाह्रो हुने, दम बढ्ने, पेट दुख्ने, पोल्ने, भोक नलाउने अपच हुने, उच्च रक्तचाप, सुगर, थाइराइड जन्डिस, पिसाब पोल्ने, पिसाब कम बढी हुने, हातखुट्टा दुख्ने, पोल्ने, हातखुट्टा दुख्ने, सुन्निने, थकाइ लाग्ने, निदाउने समस्या भएका व्यक्तिहरुले पनि सेवा पाउनेछन् ।
महिलाको पाठेघरमा मासु पलाएको, आङ खसेको उपचार तथा शल्यक्रिया, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, पाठेघरको क्यान्सर, पाठेघरको मुखको क्यान्सर, निसन्तान तथा बाँझोपन सम्बन्धी चेकजाँच, स्तनमा गाँठागुठी, सेतो गन्हाउने पानी बग्ने, गर्भवती जाँच तथा परामर्श डेलीभरी सेवा पनि निःशुल्क दिइने सौभाग्य हस्पिटलले जनाएको छ ।
यस्तै, हाईड्रोसिल हर्निया एपेन्डिक्सको अप्रेशन, गीठागुठी, पाइल्स, फिस्टुला, फिसरको अप्रेशन, दुर्विन विधीद्वारा पितथैली, आन्द्रामा प्वाल परेको फुटेको अप्रेशन सेवा पनि प्रदान गरिनेछ । यो अवधिमा औषधीमा १० र ल्याब परीक्षणमा २० प्रतिशतसम्म छुटको व्यवस्था समेत गरिएको छ ।

