भारतीय जेल तोडेर फरार भएकी नेपाली युवती समातिइन्

cp new add
Nisharg hospital
Ban Mantralye

महेन्द्रनगर। भारत, उत्तराखण्डको पिथौरागढस्थित बन्दी गृहबाट फरार भएकी एक जना नेपाली युवती सहयोगीसहित पक्राउ परेकी छन् । दार्चुलाको दुम्लिङ घर भएकी २५ वर्षीया अनुष्का भनिने आकृती बुढाथोकीलाई पिथौरागढ प्रहरीले आज थल क्षेत्रबाट पक्राउ गरेको हो ।

बुढाथोकीलाई भगाउन सहयोगीको भूमिका निर्वाह गरेको भन्दै एक नाबालिकासहित तीन जना भारतीय नागरिकलाई पनि प्रहरीले पक्राउ गरेको छ । बुढाथोकी पिथौरागढस्थित बन्दी गृहबाट शनिबार राति करिब १२ देखि ४ बजेको बीचमा भागेको हुनसक्ने आशंका प्रहरीको छ ।

tourism

लागूऔषध मुद्दामा पक्राउ परेकी बुढाथोकी फरार भएपछि उनीमाथि थप अभियोग लगाइएको छ । दार्चुलाको सीमावर्ती भारतीय बजार धार्चुलाबाट ए क किलोभन्दा बढी चरेशसहित सन् २०२१ मा उनी पक्राउ परेकी थिइन् । उनीविरुद्ध अदालतमा मुद्दा चलिरहेको थियो। अन्तिम टुंगो नलागेकाले बन्दी गृहमा राखिएको थियो ।

बुढाथोकी फरार घटनाले भारतीय प्रहरी तनावमा परेको थियो । १२ वटा छुट्टाछुट्टै टोली बनाएर खोजि कार्य चलिरहेको थियो। अन्ततः उनलाई पिथौरागढ नजिकको थल गाउँको जंगलमा फेला पारेपछि त्यहाँको प्रहरीलाई राहत महशुस भएको छ ।

प्रहरीले जिल्लाका ग्रामिण बस्ती, ब्यारियल, अन्तर्राष्ट्रिय झुला पुललगायत क्षेत्रमा सघन चेकिङ अभियान चलाएको थियो । त्यसक्रममा सीसीटीभी फुटेजहरु पनि हेरिएका थिए । प्रहरीले बुढाथोकीलाई सहयोग गरेको भन्दै थलका रबिन्द्र भट्ट, धार्चुला हिमखोलाका हरिष विष्ट र एक जना नाबालिकालाई पनि पक्राउ गरेको जनाएको छ । बुढाथोकी बन्दी गुहको झ्याल फोडेर फरार भएकी थिइन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...