press
po

बिजुली निर्यात गरी व्यापार घाटा न्यूनीकरण गर्न सकिन्छ : मन्त्री भुसाल

cp new add
Nisharg hospital
Dhangadhi
Rubic

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिजुली निर्यात गरेर विद्यमान व्यापार घाटा न्यूनीकरण गर्न सकिने बताएका छन्।

sanjiwan
Nisharg

ललितपुरमा शनिबार आयोजित कार्यक्रममा उनले नेपालमा जलविद्युत्को प्रचुर सम्भावना रहेको र भविष्यमा अर्बौं रुपैयाँको बिजुली निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने उल्लेख गरिन्।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

नेपालले पछिल्लो एक महिनामा एक अर्ब ७२ करोड रुपैयाँ बराबरको बिजुली भारत निर्यात गरेको छ।

HAMRO DAIRY
Nav

नेपाल विद्युत प्राधिकरणले विभिन्न पाँच आयोजनाबाट उत्पादित ३६४ मेगावाट बिजुली भारत निर्यात गरिरहेको छ। प्राविधिक रूपमा ४३ हजार मेगावाट बिजुली उत्पादन गर्न सकिने विभिन्न अध्ययनले देखाएका छन्।

कृषि, जलविद्युत र पर्यटन क्षेत्र नै अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै मन्त्री भुसालले जलविद्युत्को उचित विकास गरेर देशलाई समृद्ध बनाउने सबैको जिम्मेवारी रहेको बताइन्।

‘बिजुलीको खपत गरेर नेपाली धनी बन्न सक्छन्। बढी भएको बिजुली निर्यात गरेर नै देश समृद्ध बन्न सक्छ,ु उनले भनिन्।

आगामी दुई वर्षभित्र देशभर विद्युतीकरण गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै मन्त्री भुसालले त्यसका लागि जलविद्युत, सौर्यलगायत वैकल्पिक ऊर्जाका स्रोतको अधिकतम प्रयोग गरिने बताइन्।

देशभर गुणस्तरीय विद्युत सेवा उपलब्ध गराउन विद्युतीकरणका संरचनागत सुधारमा आफूले जोड दिएको उल्लेख गर्दै उनले विद्युतीय सवारी साधन र विद्युतीय उपकरणको प्रयोग गरेर खपत बढाउन अपिल गरिन्।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...