press
po

सत्ता गठबन्धनका शीर्ष नेताहरूले निजगढ पुगेर भने, विमानस्थलको काम छिटै शुरू हुन्छ

cp new add
Nisharg hospital
Dhangadhi
Rubic

१८ असार , काठमाडौं

 

sanjiwan
Nisharg

प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई गठबन्धन सरकारले पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन् ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

प्रस्तावित विमानस्थलको निरीक्षण गर्न गठबन्धन दलका शीर्ष नेतासहित शनिवार नेपाली सेनाको हेकिप्टरबाट बारा पुगेका प्रधानमन्त्री देउवाले निजगढ विमानस्थल बनाउने काममा अब ढिलासुस्ती नहुने उल्लेख गरे ।

HAMRO DAIRY

शुरुमा दुई लेनको रन्वेसहित विमानस्थल निर्माण छिट्टै शुरू गरिने उनको भनाइ छ ।

Nav

तराई–मधेश द्रुतमार्ग र विमानस्थल एकअर्कासँग जोडिएका आयोजना रहेका उल्लेख गर्दै प्रधानमन्त्री देउवाले दुवै आयोजना निर्माणको काम नरोकिने उद्घोष गरे ।

पूर्वप्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढमा विमानस्थल बन्न नसके राज्यलाई अर्बौं रूपैयाँको नोक्सानी हुने बताए ।

सो अवसरमा पूर्वप्रधानमन्त्री एवं नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्चको पूर्णपाठसहितको फैसला स्वागतयोग्य रहेको बताए ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले तराई–मधेसको अर्थतन्त्रमा टेवा पुग्ने, यस क्षेत्रका नागरिकलाई रोजगारी सिर्जना हुने हुँदा निजगढमा नै अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुको विकल्प नरहेको बताए ।

 

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले प्रधानमन्त्री देउवाले निजगढमा नै अन्तर्राष्ट्रिय विमानस्थल बनाउने संकल्प लिएको उल्लेख गर्दै आफूले पनि त्यसमा सहमति जनाइसकेको बताइन् ।

कार्यक्रममा वनमन्त्री रामसहाय यादव, पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनराम श्रेष्ठ, अर्थमन्त्री जनार्दन शर्मा, खानेपानीमन्त्री उमाकान्त चौधरी, बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलगायत सहभागी थिए । (रासस

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...