हमासको कमान्ड सेन्टर भन्दै इजराइली सेना गाजाको अस्पतालमा प्रवेश

cp new add
Nisharg hospital
suchana

काठमाडौं । हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ ।

हजारौं बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको दाबी इजरायाली सेनाले गरेको छ ।

प्रत्यक्षदर्शीहरुले गाजा सहरको अल–शिफा अस्पतालमा इजरायली सेना ट्यांकसहित हतियारधारी सेना प्रवेश गरेको बताएका बीबीसीले जनाएको छ । प्रत्यक्षदर्शीहरूले अस्पताल परिसरको अवस्थालाई भयावहका रूपमा वर्णन गरेका छन् ।

इजराइल डिफेन्स फोर्स आईडीएफले आफ्नो सेनाले अस्पतालको निर्दिष्ट क्षेत्रमा हमासविरुद्ध सटिक र लक्षित कारबाही गरिरहेको बताएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...