उत्तराखण्डमा सुरूङमार्गमा पहिरो जाँदा ५ दिनदेखि फसेका छन् ४० मजदुर

cp new add
Nisharg hospital
suchana
Nast new

एजेन्सी । भारतको उत्तराखण्डमा पर्ने उत्तरकाशी सुरूङमार्गमा फसेका ४० मजदुरको अझै उद्धार हुन सकेको छैन।

आइतबार बिहान ५ बजे उत्तरकाशी(यमुनोत्री राष्ट्रिय राजमार्गको सिलक्यारादेखि डन्डालगाउँसम्म निर्माणधीन सुरूङको सिलक्यारा खण्डमा पहिरो जाँदा ४० मजदुर फसेका थिए।

पाँच दिन बितिसक्दा पनि उनीहरूको उद्धार नभएको बिबिसीले जनाएको छ। उद्धारका लागि प्रयोग भएको अउगर मेसिनको ड्रिल गर्ने भाग बिग्रिएकाले उद्धारमा समय लागेको बिबिसीले उल्लेख गरेको छ।

बिहीबार दिल्लीबाट उच्च क्षतमताको अर्को मेसिन ल्याएर सुरूङमा इन्स्टल गरी ड्रिलिङको काम सुरू गरिएको भएपनि ड्रिल गर्दा सुरूङको एक भाग खस्न थालेपछि ड्रिल गर्ने काम रोकिएको छ।

दुर्घटनास्थलमा राहत तथा उद्धारबारे जानकारी लिन पुगेका केन्द्रीय मन्त्री जनरल बीके सिंहले ड्रिल गर्दा सुरूङको माथिल्ला भाग खस्न थालेपछि तत्कालका लागि ड्रिलिङ रोकिएको जानकारी दिएका छन्।

उनले दुई तीनभित्र सबै मजदुरहरूको सकुशल उद्धार गरिने पनि बताए।

उद्धारका लागि सबै प्रकारका विकल्पहरूको प्रयोग भइरहेको तथा विज्ञहरूको सुझावका आधारमा सुरूङमा फसेकाहरु‍ सुरक्षित हुनेगरी उद्धारको काम अगाडि बढाइएको उनले बताए।

४ हजार ५३१ मिटर लामो सुरूङको सिल्क्यारातर्फ २ हजार ३४० मिटर र बडकोटतर्फ १ हजार ६ सय मिटर निर्माण भइसकेको छ।

आइतबार सिल्क्याराबाट करीब २७० मिटर भित्र ३० मिटरमाथिबाट पहिरो खसेको थियो।

सुरूङभित्र फसेका ४० जना मजदुर सुरक्षित रहेको र उनीहरूसँग निरन्तर सम्पर्क भइरहेको उत्तराखण्डका प्रहरी उपरीक्षक अर्पण यदुवंशीलाई उद्धृत गर्दै सिएनएनले उल्लेख गरेको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...