नागरिकता विधेयक प्रमाणीकरण नगर्नु निर्वाचन बिथोल्ने षड्यन्त्र– उपमहासचिव पुनको आरोप

cp new add
Nisharg hospital

५ असोज, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अनन्तले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु निर्वाचन बिथोल्ने षड्यन्त्रको अंग रहेको आरोप लगाएका छन् ।

Nast Ad

नागरिकता विधेयक राष्ट्रपतिले दोस्रो पटक पनि प्रमाणीकरण नगरेपछि बुधबार बिहान फेसबुकमार्फत प्रतिक्रिया दिँदै उपमहासचिव पुनले भनेका छन्, ‘सचेत रहौं र संयमित बनौं, निर्वाचन बिथोल्ने षड्यन्त्रको अंग पनि हो यो घटनाक्रम ।’

राष्ट्रपतिको कदमलाई उनले आफ्ना नागरिकलाई राज्यविहीन बनाउने अमानवीय कार्यको रूपमा टिप्पणी गरेका छन् ।

‘सार्वभौम जनताको प्रतिनिधि संस्था संघीय संसदले नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने गरी पास गरेको नागरिकता विधेयक प्रमाणित नगर्नु एकातिर संविधानको घोर उल्लङ्घन हो भने अर्कोतिर आफ्ना नागरिकलाई राज्यविहीन बनाउने अमानवीय कार्य हो ।’

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...