यस्तो क्याम्पस, जहाँ छन् एउटै क्याम्पसका दुई जना क्याम्पस प्रमुख

cp new add
Nisharg hospital

१६ असोज, धनगढी । रुपन्देहीको सैनामैनामा रहेको सहिद नारायण पोख्रेल क्याम्पसलाई राजनीतिक दलले आफ्नो शक्ति प्रदर्शन गर्ने क्षेत्र बनाएको छ । राजनीतिक होडकै कारण यहाँ दुई जना क्याम्पस प्रमुख बनेका छन् ।

दलीय प्रभावमा परेर एमालेबाट विष्णुप्रसाद अर्याल र कांग्रेसबाट जोगलाल गिरी अहिले क्याम्पस प्रमुख बनेका छन् । दुवैले आफू क्याम्पस प्रमुख भएको दाबी गरेपछि कसलाई आधिकारिक मान्ने भन्ने विषयले विवाद बढेको छ ।

निवर्तमान क्याम्पस प्रमुखले आफ्नो पदावधि सकिनुअघि क्याम्पसका उपप्राध्यापक विष्णुप्रसाद अर्याललाई कार्यबाहकको जिम्मेबारी दिएका थिए ।

उक्त जिम्मेवारीमा असहमति जनाउँदै त्यसको भोलिपल्ट क्याम्पसका कार्यबाहक अध्यक्ष कृष्णप्रसाद पोख्रेलले जगलाल गिरीलाई कार्यबाहक क्याम्पस प्रमुखको जिम्मेवारी दिएका थिए ।

एउटा क्याम्पसमा २ जना प्रमुख नियुक्त भएपछि प्रशासनिक काम कसरी गर्ने भन्ने अन्योल भएको कर्मचारीहरुको गुनासो छ । विवाद बढ्दै गएपछि निवर्तमान क्यापस प्रमुख यदुलाल पन्तले आफ्नो ४ वर्षे कार्यकाल सकिने अन्तिम दिनसम्म पनि व्यवस्थापन समितिले नयाँ क्याम्पस प्रमुख चयन गर्न नसकेपछि पद रिक्त नहोस् भन्ने उद्देश्यले आफूले उपप्राध्यापक अर्याललाई कार्यबाहक दिएको बताए ।

उनले आफूले गरेको नियुक्ति उपयुक्त विधि रहेको जनाएका छन् ।
व्यस्थापन समितिले भने आन्तरिक सल्लाहमै गिरीलाई नियुक्ति दिइएको दाबी गरेको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...