स्वतन्त्र उम्मेदवारी दिएका अधिवक्ता स्वागत नेपाल ‘राइट टु रिजेक्ट’ को मुद्दा लिएर भोट माग्दै

cp new add
Nisharg hospital

२५ असोज, झापा । झापा निर्वाचन क्षेत्र नं.२ मा स्वतन्त्र उम्मेदवारी दिएका अधिवक्ता तथा पूर्व पत्रकार स्वागत नेपालले ‘राइट टु रिजेक्ट’को मुद्दा अघि सारेर घरदैलो सुरु गरेका छन् ।

Telecome

आफ्नो उम्मेदवारी कुनै दल वा दलका नेताका विरुद्ध नभई एउटा अभियानका लागि भएको बताउँदै उनी मतदाताको घरदैलोमा पुग्न थालेका छन् ।

खराब उम्मेदवारलाई भोट हालेरै अस्वीकार गर्न पाउने अधिकार ‘राइट टु रिजेक्ट’को कानुन बनाउन आफूले एक दशकअघि नै सर्वाेच्च अदालतबाट निर्देशनात्मक आदेश गराएको भए पनि हालसम्म यो कानुन नबनाएकोले अब यसलाई संसदमा मुद्दा बनाउन चाहेको नेपालले बताए ।

झापामा भोट माग्न व्यस्त नेपालले भने, ‘चुनाव जितेर जाने जनप्रतिनिधिले जनतासँग गर्छु भनेको काम नगरेमा जनताले पदबाट फिर्ता बोलाउन पाउने अधिकार ‘राइट टु रिकल’ लागू गराउन पनि म संघीय संसदको उम्मेदवार बनेको हुँ ।’

झापा क्षेत्र नम्बर २ बाट एक महिलासहित २० जना उम्मेदवार रहेका छन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...