तोलामा २ हजार ४ सय बढ्यो सुन

cp new add
Nisharg hospital
suchana
Nast new

काठमाडौं । मंगलबार सुनको भाउ तोलामा २ हजार ४ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९० हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८८ हजार १ सय रुपैयाँ थियो ।

विगत दुई सातालाई हेर्दा सुनको भाउ तोलामा ७ हजार घटेको छ । असार २ गते सुनको भाउ १ लाख ९७ हजार ५ सय रुपैयाँ थियो । चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ ।

अघिल्लो दिन प्रतितोला २ हजार १५० रुपैयाँ रहेको चाँदी आज २ हजार १५५ रुपैयाँ कायम भएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...