धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

cp new add
Nisharg hospital

जनकपुरधाम । धनुषामा विद्युतीय मोटर चलाएर खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक जना किसानको मृत्यु भएको छ ।

Telecome

धनुषाको हंसपुर नगरपालिका-३ मलहनिया बस्ने ६० वर्षीय असर्फी महराको मृत्यु भएको हो ।
बुधबार दिउँसो पौने ४ बजेतिर आफ्नै खेतमा पानी सिँचाइ गर्ने क्रममा मोटरमा जडान गरिएको तार सर्ट भएर करेन्ट लागेर उनी घाइते भएका थिए ।

उपचारका लागि स्थानीय क्लिनिक हंसपुरमा लगिएकोमा उनको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।
यसअघि बुधबार नै मधेश प्रदेशको रौतहटमा धान खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर दुई जना किसानको मृत्यु भएको थियो

मधेशमा खडेरीका कारण किसानहरूले धान रोप्न पाएका छैनन् भने रोपिसकेको धान सुक्न थालेपछि किसानहरूले विकल्पको रूपमा विद्युती मोटरबाट सिँचाइ गरिरहेका छन् । विद्युतीय मोटर प्रयोगमा सावधानी अपनाउन नसक्दा करेन्ट लागेर मधेशमा दिनहुँ जसो किसानले ज्यान गुमाइरहेका छन् ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...