अरिंगाल पोल्ने क्रममा लडेर एक जनाको ज्यान गयो

cp new add
Nisharg hospital
suchana

२९ असोज, पाल्पा । अरिंगाल पोल्ने क्रममा लडेर एक जनाको ज्यान गएको छ ।

अरिंगाल पोल्न रुख चढेका तिनाउ गाउँपालिका–२, दोभान हापुरका ३० वर्षीय बिष्णु सारुको शुक्रबार बेलुकी रुखबाट खसेर घाइते भएका उनको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा शनिबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयको सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

रुखबाट लडेका सारु भीरबाट झन्डै सय मिटर तल पुगेको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...