सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा २५ सय बढ्यो

cp new add
Nisharg hospital
suchana
Nast new

शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो।
सुनको मूल्य अघिल्लो दिनको तुलनामा २५ सय रुपैयाँले बढेको छ र एक सातामै करिब १० हजार रुपैयाँ बढेको छ।

चाँदीको मूल्य पनि नयाँ रेकर्ड बनाउँदै प्रतितोला २४९० रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको भन्दा १० रुपैयाँ बढी हो।
२० भदौ, काठमाडौं । शुक्रबार पनि सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । यस दिन सुनको भाउ हालसम्मकै उच्च प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँ पुगेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २५ सय रुपैयाँ बढी हो ।

अघिल्लो दिन २ लाख ७ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । एक सातामै सुनको मूल्य करिब १० हजार रुपैयाँ बढेको छ । गत शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ६ सय रुपैयाँ थियो ।

चाँदीको भाउ प्रतितोला १० रुपैयाँ बढेको छ । अघिल्लो दिन चाँदी प्रतितोला २४८० रुपैयाँमा कारोबार भएकोमा आज २४९० रुपैयाँ छ । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...