डडेल्धुरामा सार्कीको हत्या, श्रीमती र दाइ पक्राउ

cp new add
Nisharg hospital

डडेल्धुरा । डडेल्धुराको अजयमेरु गाउँपालिका–५ देवलगालमा श्रीमानको हत्या गरेको आरोपमा श्रीमती र दाइ पक्राउ परेका छन्।

Nast Ad

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार २९ वर्षीय मानसिंह भनिने महेश सार्कीको हत्या आरोपमा उनकी श्रीमती कमला सार्की र दाइ जोगराज सार्कीलाई नियन्त्रणमा लिइएको हो।

गत असोज ८ गते राति करिब १२ बजे महेश आफ्नै कोठामा मृत अवस्थामा फेला परेका थिए। प्रहरी निरीक्षक एवम् सूचना अधिकारी डम्बर विष्टका अनुसार मृतकको शव खटिया नजिक भेटिएको थियो भने घरको बाँसोमा प्लास्टिकको डोरी झुण्ड्याइएको अवस्थामा भेटिएको थियो। घटनास्थल शंकास्पद देखिएपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको हो।

अनुसन्धानका क्रममा मृतक महेश र उनकी पत्नीबीच नियमित झगडा हुने गरेको र घटना हुनुभन्दा केही महिना अघिसम्म कमला माइती घरमा बसिरहेको खुलेको छ। उनी घटना हुनुभन्दा केही दिनअघि मात्र पोइली घर फर्किएकी थिइन्।

घटनाको रात कमलाले श्रीमान् झगडा गरी घर बाहिर निस्किएको भन्दै छिमेकीलाई गुहार मागेकी थिइन्। तर प्रारम्भिक सोधपुछका क्रममा महेशकी श्रीमती कमला र दाइ जोगराजको संलग्नता देखिएको प्रहरीले जनाएको छ।

हाल दुवैलाई पक्राउ गरी विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...