उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास

cp new add
Nisharg hospital

काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् ।

Telecome

करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास गरेको प्रहरीले स्रोतले बतायो । प्रहरीले उद्धार गरेर उनलाई पाटन अस्पतालमा उपचारका लागि पठाएको थियो ।

कोष तथा लेखा नियन्त्रक कार्यालयमा कार्यरत अधिकृत प्रमोद मैनाली प्रतिवादी भएको मुद्दामा अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि उनले आत्महत्याको प्रयास गरेको स्रोतले बताएको छ । अदालत परिसरमै उनले किटनाशक विषादी सेवन गरेकी थिइन् ।

यसअघि काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएपछि ती युवती पाटन पुगेकी थिइन् । पाटनले पनि धरौटीमा छाड्न आदेश दिएपछि उनले आत्महत्या प्रयास गरेकी हुन् ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...