प्रधानमन्त्री देउवासहित गठबन्धनका शिर्ष नेता भोलि धनगढी आउदै

cp new add
Nisharg hospital
suchana

५ कात्तिक, धनगढी । सत्तारुढ गठबन्धनले धनगढीमा आयोजना गर्ने प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न शिर्ष नेताहरु धनगढी आउने भएका छन् ।

धनगढीको ओम प्यालेसमा आइतबार ९ भोलि बिहान आयोजना गरिएको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवासहितका शिर्ष नेता यहाँ आउन लागेका हुन् ।

प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न देउवासँगै पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा नेकपा ९एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि धनगढी आउनेछन् ।

नेपाली कांग्रेस कैलालीका सचिव नृपबहादुर सुनारले बिहान ११ बजेदेखि धनगढीस्थित ओम पार्टी प्यालेसमा प्रशिक्षण कार्यक्रम सञ्चालन हुने जानकारी दिए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...