इरानका सर्वोच्च नेता मोजतबा खामेनी अन्ततः सार्वजनिक

cp new add
Nisharg hospital
suchana

काठमाडौँ । इरानका सर्वोच्च नेता मोजतबा खामेनीले टर्की र ओमानका केही क्षेत्रमा भएका हमलामा इरानको कुनै संलग्नता नभएको दाबी गरेका छन् ।

फारसी नयाँ वर्ष नवरोजको अवसरमा उनले जारी गरेको लिखित सन्देश सरकारी टेलिभिजनमार्फत सार्वजनिक गरिएको हो । नौ पृष्ठ लामो सन्देशमा उनले इरानले आफ्ना पूर्वी छिमेकी राष्ट्रहरूलाई अत्यन्त नजिकको मित्रका रूपमा लिने उल्लेख गरेका छन् ।

खामेनीले पाकिस्तानलाई आफ्ना पिता अली खामेनीको ‘विशेष रुचाइएको देश’ भएको भन्दै उल्लेख गरेका छन् । साथै उनले पाकिस्तान र अफगानिस्तानबीच सम्बन्ध सुधार गर्न आह्वान गर्दै त्यसका लागि आफूले आवश्यक कदम चाल्न तयार रहेको बताएका छन् ।

इजरायल र अमेरिकासँगको युद्धको क्रममा छिमेकी देशहरूमा भएका हमलाबारे चर्चा गर्दै उनले भने, ‘टर्की र ओमान, जससँग हाम्रो राम्रो सम्बन्ध छ, ती देशका केही क्षेत्रमा भएका हमला इस्लामिक रिपब्लिकको सेना वा रेजिस्टेन्स फ्रन्टका कुनै पनि बलले गरेका होइनन् ।’

उनले यस विषयमा इजरायलमाथि आरोप लगाउँदै इरान र उसका छिमेकीहरूबीच फूट पैदा गर्न ‘चाल’ चलेको बताएका छन् ।

अघिल्लो शनिबार अमेरिकाले खामेनीसहित शीर्ष १० नेताको सुराकी दिने व्यक्तिलाई १ करोड डलर पुरस्कार दिने घोषणा गरेको थियो ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...