सन्दीपविरुद्ध जाहेरी दिने किशोरीको बयान मेन्टल रिफ्रेसमेन्टका लागि भन्दै नगरकोट पुर्याए, दुईपटक जबरजस्ती करणी गरे



१४ कात्तिक, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको जाहेरी दिने किशोरीले आफूमाथि दुईपटक जबरजस्ती करणी भएको बयान दिएकी छिन् ।
प्रहरीमा दिएको जाहेरीमा किशोरीले घटनाको बेलिबिस्तार लगाउँदै आफूमाथि भदौ ५ गते राती दुईपटक जबरजस्ती करणी भएको बयान दिएकी छिन् ।

जाहेरीमा किशोरीले आफू निदाएको बेला आफूमाथि जबरजस्ती करणी भएको र पहिलो करणी भएको एक घण्टापछि पुनः आफूमाथि बलात्कार भएको आरोप लगाएकी छिन् । सन्दीपले आफूलाई नगरकोटमा पुराएर त्यहीँसमेत राख्न खोजेकामा आफू त्यहाँ बस्न अस्वीकार गरी गाडीबाट नओर्लिएपछि आफूलाई काठमाडौँ ल्याएर होटल काठमाडौँ इनको कोठा नम्बर ३०५ मा दुईपटक बलात्कार गरिएको बताएकी छिन् ।
रातोपाटीलाई प्राप्त किशोरीको जाहेरीमा सन्दीपले भेट्ने बित्तिकै आफूलाई ल्ष्अभ तय mभभत थयग भन्दै अंगालो मारेको उल्लेख गरेकी छिन् ।
यस्तो छ किशोरीले बयान
‘स्न्याप च्याट भन्ने एप मार्फत चिनजान भएका प्रतिवादी सन्दीप लामिछानेले मिति २०७९।०५।०१ गतेबाट निजले पारिवारिक पृष्ठभूमि समेतको विषयमा सोधखोज गरी विभिन्न बहानामा नजिक हुन खोजी परिवर्तित नाम गौशाला २६ ९छ० ९१० ९०७९।०८०० लाई विभिन्न फोटो भिडियोहरू समेत पठाउन लगाई भेट्ने प्रस्ताव राखी भेट गर्नको लागि बोलाउने गरेकोमा परिवर्तित नाम गौशाला २६ ९छ० ९१० ९०७९।०८०० ले विभिन्न कामहरू भएको भनी भेट गर्न नमान्दा निजले कर गरी २०७९।०५।०६ गते बेलुका ८ः०० बजे केन्याको लागि फ्लाइट भएको र त्यसपछि केन्याबाट नेपाल नफर्की क्यारेबियन प्रिमियर लिग खेल्नका लागि क्यारेबियन आईल्यान्डतर्फ जाने र सोको दुई महिनासम्म पनि नेपाल फर्कन पाउँदिन भेट गरी कतै घुम्न जाउँ :Mental Refreshment पनि हुन्छ भनी जोडबल गरी मिति २०७९।०५।०५ गते भेटौं भनी फोन गरी कर गरेकोले मिति २०७९।०५।०५ गते १९ः०० बजेको समयमा भेट भई निजको०२६ च ४४४४ नम्बरको निशान एक्स ट्रेल गाडीको अगाडी बसी जाने क्रममा Nice To Meet You भनेर साईडबाट अँगालोमा राखी जाँदै गर्दा परिवर्तित नाम गौशाला २६ ९छ० ९१० ९०७९।०८०० ले कहाँ जाने भनी सोध्दा Let’s See भनेर सिनामंगल तर्फ गाडी मोडी भित्रीबाटोबाट तीनकुने हुँदै कोटेश्वरतर्फ जाँदै गर्दा कता जान लागेको हो र रु भनेर सोध्दा समेत केही नभनी परिवर्तित नाम गौशाला २६ ९छ० ९१० ९०७९।०८०० को मञ्जुरी बिना भित्रिबाटो हुँदै भक्तपुर दरबार स्क्वायर नजिकबाट नगरकोट जाने बाटोतर्फ पुर्याई नगरकोटको बोजिनी नगरकोट रिसोर्टमा रातको करिब २०ः२० बजेको समयमा पुर्याई सोही होटलको भीआइपी रुम बुक गर्ने सम्बन्धमा पटक–पटक कुराकानी गर्दा परिवर्तित नाम गौशाला २६ ९छ० ९१० ९०७९।०८०० ले मिति २०७९।०५।०६ गते बिहान काम र कलेज रहेकाले बस्न नमिल्ने भनी होटलमा बस्न नमानेपछि गाडीमा बसी फर्कने क्रममा नगरकोटबाट ओरालो झर्दा एउटा हातले मेरा निजी अङ्गमा छुन खोजी, नगरकोटबाट सल्लाघारीको बाटो हुँदै काठमाडौँ फर्कदा राती अबेर भइसकेकाकारणले परिवर्तित नाम गौशाला २६ ९छ० ९१० ९०७९।०८०० को होस्टलमा सिधै प्रवेश मिल्दैन भन्ने कुराकानी हुँदा कतिवटा रुम बुक गर्ने भनी निजले सोधेकोमा परिवर्तित नाम गौशाला २६ ९छ० ९१० ९०७९।०८०० ले दुईवटा रुम लिनु भनी आग्रह गरेकोमा प्रतिवादीले परिवर्तित नाम गौशाला २६ ९छ० ९१० ९०७९।०८०० को मोबाइल समेत आफूले कब्जामा लिई राती करिब २३ः५५ बजेको समयमा गाडी सिधै काठमाडौँ महानगरपालिका ९, पिंगलास्थानस्थित होटल काठमाडौँ ईनमा ल्याई कोठा नं। ३०५ बुक गरी परिवर्तित नाम गौशाला २६ ९छ० ९१० ९०७९।०८०० लाई सिधै होटल कोठामा लगी रुमको कोठामा एसी खोली बेडमा गएर आराम गर भने अनुसार परिवर्तित नाम गौशाला २६ ९छ० ९१० ९०७९।०८०० आराम गर्न बेडमा पल्टिएको अवस्थामा प्रतिवादी आफू सोफामा बसी मोबाइल चलाई रहेकोमा परिवर्तित नाम गौशाला २६ ९छ० ९१० ९०७९।०८०० सोही बेडमा निदाएको अवस्थामा प्रतिवादी सोही बेडमा आई सुती जबरजस्ती जिउमा छाम्न थालेकोमा ज्यान चल्न नसक्ने जस्तो भई सुतेकै अवस्थामामिति २०७९।०५।०६ गते बिहानको राति करिब ००स्२५ बजेको समयमा प्रतिवादीले परिवर्तित नाम गौशाला २६ ९छ० ९१० ९०७९।०८०० ले लगाएको पाइन्ट जबरजस्ती खोली आफूले लगाएको पाइन्ट समेत खोली जबरजस्ती करणी गरी परिवर्तित नाम गौशाला २६ ९छ० ९१० ९०७९।०८०० को शरीरमा समेत झारी बाथरुम गई पुनः बेडमा नै आई सुतेकोमा त्यसको करिब एक घण्टा पछाडी निज प्रतिवादीले परिवर्तित नाम गौशाला २६ ९छ० ९१० ९०७९।०८०० को शरीरमा छाम्ने, कपाल तान्ने र ढाडमा पिट्दा परिवर्तित नाम गौशाला २६ ९छ० ९१० ९०७९।०८०० डर लागेर रुँदा समेत प्रतिवादीको बलियो जिउले मलाई चल्न नदिई रुँदा कराउँदा समेत नछाडी पुनः जबरजस्ती करणी गरी मिति २०७९।०५।०६ गते बिहान प्रतिवादी उठी ०७:०० बजे पीसीआर परीक्षण छ भनी होटल कोठाबाट सँगै निस्कने क्रममा परिवर्तित नाम गौशाला २६ ९छ० ९१० ९०७९।०८०० गाह्रो भई बिस्तारै झर्दै गर्दा निज प्रतिवादीले गाडी निकाली परिवर्तित नाम गौशाला २६ ९छ० ९१० ९०७९।०८०० लाई गाडीमा बस्न भनी तिलगंगा कोरिडरको बाटो हुँदै रिङरोड निस्किई पुरानो बानेश्वरतर्फ लगेर होस्टल अगाडी लगेर छाडि दिई फरारभएको हुँदा निज प्रतिवादीले परिवर्तित नाम गौशाला २६ ९छ० ९१० ९०७९।०८०० लाई जबरजस्ती करणी जस्तो जघन्य अपराध गरेकाले निजलाई पक्राउ गरी मुलुकी फौजदारी संहिताको जबरजस्ती करणी सम्बन्धी कसुरमा हदै सम्मको कारबाही र सजाय गरी क्षतिपूर्ति समेत दिलाई पाउँ ।’
पीडित किशोरीको उमेर १६ वर्षभन्दा माथि १८ वर्षभन्दा कम भएको कारण क्रिकेटर सन्दीप लामिछानेले जबरजस्ती करणी गरेको प्रमाणित भएको भन्दै आरोपित लामिछानेलाई १० देखि १२ वर्षसम्मको कैद सजाय र मनासिब क्षतिपूर्तिको मागदाबी लिएर कात्तिक १४ गते सोमबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । मुद्दा दायर भएपछि मंगलबार नै सन्दीपको बयान लिई थुनछेक बहस सुरु हुने काठमाडौँ जिल्ला अदालतले बताएको छ ।
– रातोपाटी
