साढे ४ करोड ठगेको आरोपमा दुई जना पक्राउ

cp new add
Nisharg hospital
Ban Mantralye

काठमाडौँमा ४ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्याङ्जा घर भई काठमाडौँमा बस्दै आएका ६२ वर्षीय शान्तिरमण पङ्गेनी र काठमाडौँको टोखा नगरपालिका–७ का ५८ वर्षीय टिका पङ्गेनी रहेका छन्।

उनीहरूलाई बुधबार टोखाबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिएका छन्।

पीडित कमलप्रसाद ज्ञवालीले दिएको जाहेरीका आधारमा चैत ५ गते कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।

पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइएको प्रहरीले जनाएको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...