“मेरै बाबु भए पनि छाड्दिनँ” – गृहमन्त्री सुधन गुरुङ

cp new add
Nisharg hospital
Ban Mantralye

गृहमन्त्री सुधन गुरुङले कानुनभन्दा माथि कोही नभएको स्पष्ट पार्दै गल्ती गर्ने जो–कोहीलाई कारबाहीको दायरामा ल्याइने बताएका छन्। उनले आफ्नै परिवारका सदस्य भए पनि गल्ती गरे नछाड्ने दृढता व्यक्त गरेका छन्।

बिहीबार साँझ सुरक्षा पत्रकारहरूसँगको भेटघाटका क्रममा बोल्दै गृहमन्त्री गुरुङले भने, “म गल्ती गर्ने कसैलाई छाड्दिनँ। मेरै बाबुले गल्ती गरेको भए पनि छुट पाउँदैनन्।”

tourism

उनका अनुसार हाल सरकार अनुहार नहेरी दोषीमाथि कारबाही गर्ने नीति अनुसार अघि बढिरहेको छ। तथापि, उनले केही उच्च–प्रोफाइल (भीआईपी) व्यक्तिमाथि गरिएको कारबाही अदालतबाट उल्टिएकोप्रति असन्तुष्टि जनाए। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्न आफू र सुरक्षा निकायका प्रमुखहरू रातभर खटिएको उल्लेख गर्दै उनले अदालतले छाडेकोमा दुःख व्यक्त गरे। “रातभर दुई आईजीपीसहित बसेर काम गर्‍यौं, तर अदालतले सहजै छाडिदियो,” उनले भने।

गृहमन्त्री गुरुङले कानुनी जटिलताका कारण यस्ता अवस्था आएको स्वीकार गर्दै अब आफूले कानुनको गहिरो अध्ययन सुरु गरेको बताए। “अब भोलिका दिनमा पक्राउ गर्दा कुन कानुनका आधारमा छाड्न नमिल्ने हो भन्ने स्पष्ट पार्न सकियोस् भनेर अध्ययन गरिरहेको छु,” उनले भने।

हाल भीआईपीमाथिको कारबाही केही सुस्त देखिए पनि त्यो अस्थायी अवस्था मात्र भएको उनको भनाइ छ। “कानुनी रूपमा मजबुत आधार तयार पार्दैछौं। त्यसपछि कसैलाई पनि उन्मुक्ति पाउने अवस्था रहने छैन,” उनले स्पष्ट पारे।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...