अब कैलालीमा प्रशासनले घरदैलोमै राहदानी पठाउदै

cp new add
Nisharg hospital
Ban Mantralye

धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले आफ्ना सेवाहरू जनताको घरदैलोमै पुर्‍याउने नयाँ व्यवस्था सुरु गरेको छ। संघीय सरकारको नीति अनुरूप राहदानी, नागरिकता र राष्ट्रिय परिचयपत्रजस्ता सेवा अब हुलाकमार्फत सेवाग्राहीको घरमै पठाउने कार्य औपचारिक रूपमा सुरु गरिएको हो।

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पहिलो चरणमै करिब दुई सय सेवाग्राहीका राहदानी हुलाकमार्फत पठाएर सेवाको सुरुवात गरिएको जानकारी दिए।

tourism

उनका अनुसार यस व्यवस्थाले सेवाग्राहीले लामो समय लाइनमा बस्नुपर्ने झन्झट हट्नेछ। “कार्यालयबाट प्रदान गरिने सेवा जनताको घरमै पुर्‍याउने लक्ष्यका साथ काम अघि बढाएका छौँ,” उनले भने।

प्रमुख जिल्ला अधिकारी रेग्मीले हाललाई राहदानी सेवा हुलाकमार्फत घरमै पठाउने व्यवस्था गरिएको र आगामी दिनमा अन्य सेवाहरू पनि विस्तार गर्दै लैजाने तयारी भइरहेको जानकारी दिए।

यस पहलले सेवा प्रवाहलाई छिटो, सहज र प्रभावकारी बनाउने विश्वास गरिएको छ। विशेषगरी टाढा–टाढाबाट सेवा लिन आउने नागरिकलाई यसबाट उल्लेखनीय राहत पुग्ने अपेक्षा गरिएको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...